झापा, साउन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले जय नेपाल पार्टी नामको नयाँ राजनीतिक दल गठन गरेका हुन् ।
नयाँ दलमा धवल शमशेर जबरा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ ।
पार्टी दर्ताका लागि साउन २८ गते निर्वाचन आयोग जाने तयारी भइरहेको प्रसाईंका स्वकीय सचिव दीपक खड्काले जानकारी दिए । उनका अनुसार दल दर्तासम्बन्धी सबै तयारी पूरा भइसकेको छ ।
डा. धवल शमशेर जबरा राप्रपा परित्याग गरेपछि छुट्टै राजनीतिक अभियानमा सक्रिय थिए । यस्तै, दुर्गा प्रसाईं लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा संलग्न रहँदै आएका छन् ।














