राज्यमा आगामी नोभेम्बर १४ मा नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ।
नेपाली कला, संस्कृति,परम्परा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ।
एनआरएनए अस्ट्रेलिया र एससिसी ताजमानियाका अनुसार महोत्सव होबार्टस्थित सालामान्का क्षेत्रमा रहेको पार्लियामेन्ट लन्समा आयोजना हुनेछ।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन हालै सामुदायिक परामर्श कार्यक्रमसमेत गरिएको छ।
कार्यक्रममा ताजमानियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए।
कार्यक्रममा महोत्सवको तयारी, सामुदायिक सहकार्य, स्वयंसेवक परिचालन र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको संयोजक सुजन वाग्लेले जानकारी दिए।
ताजमानियाका विभिन्न सहरमा बस्ने नेपालीलाई महोत्सवमा सहभागी हुन सहज बनाउने विषयमा पनि छलफल भइरहेको छ।
लन्चेस्टन, डेभोनपोर्ट र बर्नीबाट कार्यक्रमस्थलसम्म निःशुल्क सटल बस सञ्चालन गर्नेबारे छलफल भइरहेको एनआरएनए ताजमानियाका युवा संयोजक विष्णु थपलियाले बताए।














