काठमाडौं । कोरियाली सौन्दर्य प्रविधि र सीपमा आधारित के–ब्युटी तालिम नेपालमै सुरु हुने भएको छ । नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्ने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले उक्त तालिम सञ्चालनमा ल्याउन लागेको हो ।

‘तपाईंको सौन्दर्य करियर सियोल शैलीमा सुरु हुन्छ’ भन्ने नारासहित अघि बढेको एकेडेमीले नोभेम्बर १ देखि तालिम सुरु गर्ने जनाएको छ ।

तालिमअन्तर्गत ल्याश पर्म, एस्थेटिक केयर, लेजर, कार्बन पिलिङ र सेमी–पर्मानेन्ट मेकअपजस्ता आधुनिक सौन्दर्य प्रविधि सिकाइनेछ । सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको तालिमले उनीहरूको रुचिलाई व्यावसायिक सीपमा रूपान्तरण गर्न सहयोग पुग्ने एकेडेमीको अपेक्षा छ ।

यसअघि मिक्युङको सहभागितामा निःशुल्क के–ब्युटी वेबिनारसमेत आयोजना गरिएको थियो । उक्त वेबिनारमा सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास र यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी लिएका थिए ।