काठमाडौं  । काठमाडौंको भद्रकालीमा मिटरब्याज पीडितले धर्ना र प्रदर्शन गरेका छन्।

विभिन्‍न जिल्लाबाट काठमाडौं आइपुगेका पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा प्रदर्शन गरेका हुन्। उनीहरूले र्‍याली गर्दै भद्रकालीसम्म पुगेका हुन्। 

गत शनिबार मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोली र महोत्तरीका पीडितहरूबीच पाँच बुँदे सहमति भएको थियो। 

उक्त सहमतिपछि पनि मिटरब्याज पीडितहरू विभिन्न जिल्लाबाट काठमाडौं आएका छन्।

न्याय माग गर्दै उनीहरूले विभिन्न पर्चा र आरोपितको तस्बिरहरू बोकेका छन्।