झापा । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ ।
आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो ।
आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो ।
कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा केदारनाथ चापागाँई सहित १७ सदस्य समिति गठन गरिएको हो ।
भेला बाट पालिका सचिबमा यज्ञ प्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई गौतम चयन हुनुभएको छ ।
भेला बाट पालिका सचिबमा यज्ञ प्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई गौतम चयन हुनुभएको छ ।
त्यस्तै गरी पालिका सदस्यहरुमा यम प्रकास सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयन भएका छन् ।
भेलाका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाई रहेका थिए । प्रसाईले भेलालाई सम्बोधन गदै अरुको कुरा काट्ने , जरा काट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताउनु भयो ।
३० वर्ष सम्म अरुले शासन गरेको हेरियो तर देश र जनताका लागि कुनै पार्टीले केहि नगरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको बताउनु भयो ।
त्यसैले अब देश र जनाकालागि काम गर्ने बेला आएको प्रसाईले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाका सभापति केदारनाथ चापागाँइको अध्यक्षतामा सम्पन्न कार्यक्रममापार्टी कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवं प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, प्रदेश सदस्यहरु, विभिन्न पालिकाका सभापतिहरु तथा कमल बासीको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन राष्ट्रिय स्वतन्त्र पार्टीको नेता झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शम्भु ढकाल सुस्केराले गर्नु भएको थियो ।
पालिका समिति बनेपछि अब चाडै सातै बटा बडा समितिहरु पनि गठन हुने नव निर्वाचित सभापति केदार चापागाँईले बताउनु भयो ।
करिब ५०० जना सदस्य एवं शुभेच्छुक उपस्थित भेलामा सयौले पार्टी सदस्यता समेत लिएका थिए ।
करिब ५०० जना सदस्य एवं शुभेच्छुक उपस्थित भेलामा सयौले पार्टी सदस्यता समेत लिएका थिए ।














