काठमाडौँ  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री थापाले यो व्यवस्था असफल भएपछि नयाँ साथीहरूलाई पुराना दलले काम नै गर्न नसकेपिछि हामी गरौँला भनेर बस्ने छुट नभएको बताए ।

महामन्त्री थापाले अब हामीसँग समय नरहेको र ५ वर्ष समय खेर फाल्न नहुने बताए । 

उहाँले नेपाली काङ्ग्रेसको तर्फबाट पुर्ण सर्मथन रहने बताउँदै सरकारको हरेक कदममा ताली बजाउन आफुहरु तयार नरहेको बताए ।

उनले नेपाली जनतालाई कुरा गर्ने मात्र हैन काम गर्ने सरकार चाईएकोले सरकारबाट परिणाम मुखी उपलब्धिको अपेक्षा गर्नुभयो ।