काठमाण्डाै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उहाँले वर्षाैँदेखि डुङ्गुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताउनुभएको हो ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गर्नुभयो ।

प्रधानमन्त्रीले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि नागरिकमा सरकार र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर पनि गर्नुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उहाँले वर्षाैँदेखि डुङ्गुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताउनुभएको हो ।

योजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गर्नुभयो ।

प्रधानमन्त्रीले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि नागरिकमा सरकार र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर पनि गर्नुभयाे ।