भरत भावुक प्रसाई ,झापा । प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ ।
गौरीशंकर स्मृति प्रतिष्ठानमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।
नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारी अढाई दशकदेखि पत्रकारितामा सक्रिय रहनु भएको छ ।
उहाँलाई राशि जनही २१ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सरकारका मन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै परिर्वनले थुप्रै अधिकार प्राप्त गरेपनि संघियता उल्ट्याउन धोषित अधोषित प्रयास हुन थालेकाले पत्रकारले खबरदारी गर्नु पर्ने बताउनु भयो ।
पत्रकार बिमल लामिछानेले देबकुमार आचार्य अर्थात डी कौडिन्यको योगदानको चर्चा गर्दै पत्रकारीताका माध्यमबाट जनआवाज बोल्दा, उहाँलाई मारिएको बताउनु भयो । डी कौडिन्यलाई अब्बल लेखनीय क्षमता भएका निष्टा र आर्दशका प्रतिमूर्तीका रुपमा झापाली पत्रकारहरुले स्मरण गर्दै आएको अग्रज पत्रकार सुब्रत न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष बिबेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रिय सदस्य सरु न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजय, पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापाका बिभिन्न पत्रकारजन्य संघ संगठनका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो ।














