झापा । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आज कोशी प्रदेश अन्तर्गत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेका कारण पूर्वमा यातायात क्षेत्र प्रभावित भएको छ ।

बन्दका कारण सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् भने शिक्षण संस्थाहरूसमेत बन्द भएका छन् ।

ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित कोशी प्रदेश पुनःनामाङ्कन गर्न दवाब स्वरुप आज  एकदिने बन्दको घोषणा गरेको लिम्बुवानबादी संगठनहरूले जनाएका छन् । 

033946916koshi banda  (3)

पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान कोशी आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीसहित छ घटका नेता एलबी पालुङ्वाले जानकारी दिनुभयो । 

नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठान गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले ०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोका हो भन्दै कालो दिवसको रुपमा लिम्बुवान बन्द गर्दै आएको छ ।