काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन्।

शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन्। 

उनले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए।

उनले सत्ता पक्षका सांसद शर्माले सत्तापक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए।

त्यस्तै सांसद शर्मालाई छाडेर अन्य चिकित्सकलाई थुनामा राख्ने कुराबारे पनि छलफल गर्नुपर्ने उनको भनाई थियो।