नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान८ बजेदेखि बैठक सुरू
हुनेछ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेट मंगलबारदेखि सुरू भएको
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । लेखा
आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएका छन् । ती प्रतिवेदनमाथि आजदेखि
छलफल हुनेछ । अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत
राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा
र जबजबारे टिप्पणी गरेका थिए । बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज
धारणा राख्नेछन् । पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका
कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी
त्यसलाई अनुमोदन गरिने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा
महाधिवेशनको मिति र स्थान घोषणा गरिने बताइएको छ ।














