एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले शुक्रबारराति भेटवार्ता गर्नुभएको हो ।

भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको बताइएको छ ।

भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका–भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको समाचारमा उल्लेख छ ।