काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडी इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर स्वागत गर्नु भएको हो ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।