काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरुको सहभागिता रह्यो ।

विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मुख्य निकायनै आन्दोलनमा होमिएपछी देशभरका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने निश्चित छ ।

देशभरबाट राजधानी आइपुगेका हजारौं शिक्षकहरुको भेलाले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्मको सडक भरिभराउ भयो ।

सरकारको कदमको विरोध गर्दै माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म पुगेको आन्दोलित शिक्षकहरुले सडकको दुवै किनारमा आवातजावत बन्द गरी गरेको आन्दोनलनले देशको यातायात व्यव्स्था समेत अस्तव्यवस्त बन्न पुग्यो ।