शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीचको बैठक सकिएको छ।

बिहीबार साँझदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा दुई पक्षबीच छलफल भएको हो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो।

अहिले सरकारले बुँदागत रूपमा कुरा राखे पनि पत्र नआएकाले छलफल मात्रै भएको उनले बताए।

 जनहितमा जारी

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि आन्दोलनको घोषणा गरेका छन्।

शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले बुधबार र बिहीबार काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन्।