काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ ।
ललितपुरमा आयोजित एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को पारित गरेको छ ।
शनिवार राति सम्पन्न भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक निर्वाचित भएका छन् ।
दुवै संगठनका देशैभरबाट उपस्थित प्रतिनिधिहरूको भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ ।
भेलाले पत्रकारहरूको पेसागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने तथा नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट बञ्चित गर्ने कार्यको भण्डाफोर गर्ने लगायतका समसामयिक प्रस्ताव पारित गरेको संगठनका सहसंयोजक नारायण पंगेनीले जानकारी दिए ।














