बिर्तामोड । सभामुख देवराज घिमिरेले संसदमा पेश भएका विधेयकको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।
झापाको बिर्तामोडमा सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारी कार्यशैलीप्रति असहमति जनाएका हुन् ।

सरकारले मसिनो गरी छलफल नगरी विधेयक ल्याइरहेको भन्दै सभामुख घिमिरेले सरकारी कार्यशैली ठीक नभएको बताए ।
उनले सरोकारवालासँग छलफल र समन्वय गरेर मात्रै संसदमा विधेयक पेश गर्न सरकारलाई सुझाव दिए ।

सुन तस्करी प्रकरणमा आयोग बनाउने सहमति भए पनि त्यसको पालनामा सरकार गम्भीर नभएको जनाउँदै सभामुख घिमिरेले फेरि संसद अवरोधको अनौपचारिक सूचना पाएको बताए ।














