काठमाडौँ । एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।
इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा रिक्त स्थानमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।
यद्यपि निर्वाचनको मिति सरकारसँग परामर्श गरेर तोक्नुपर्ने भएकाले सरकारले यसबारे अहिलेसम्म केही बोलेको छैन ।
यदि वैशाखमा निर्वाचन भएमा एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने प्रश्न उठेको छ ।
धेरैले सुवासका कान्छा छोरा सुहाङलाई एमालेले टिकट दिन सक्ने अनुमान गरेको छ ।
यस विषयमा सुहाङले पनि पार्टीले सहयोग गरे बुवाको विरासत कायम राख्न आफू तयार रहेको प्रतिक्रिया दिइसकेका छन् ।














