विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चापागाईँले प्रदेशमा स्थायित्वका लागि पाँच विकल्प अघि सारेका छन् ।

अस्थीर अंकगणितका कारण दश महिनामा चार पटक सरकार परिवर्तन भइसकेको छ । फेरि सरकार परिवर्तन हुँदैछ ।

त्यसैले सरकारको स्थायित्वका लागि भन्दै प्रदेशका पूर्वमन्त्रीसमेत रहेका चापागाईँले पाँच वटा विकल्प अघि सारेका हुन् ।

उनले अघि सारेको पहिलो बिकल्पमा कांग्रेस, एमाले र माओवादी केन्द्रको सहमतीय सरकार बनाउनु पर्ने उल्लेख छ ।