कोशी   प्रदेश सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ । 

कोशी प्रदेशको सरकारमा दाबी गर्ने अन्तिम दिन बिहान शुक्रबार बस्ने गरी राप्रपाले पदाधिकारीको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए । 

कोशीमा राप्रपासँग ६ सांसद छन् । यही मत नै निर्णायक भएपछि राप्रपालाई मनाउन केन्द्रीय सत्ता गठबन्धन नै लागिपरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर सहयोग मागेका थिए ।

नेकपा (एमाले)ले पनि राप्रपालाई आफ्नो गठबन्धनबाट बाहिर जान नदिने नीति लिएको छ । तर राप्रपाले सरकारमा आफैं दाबी गर्ने वा अरुलाई समर्थन गर्ने भन्नेबारेमा निर्णय लिइसकेको छैन ।