झापा ।  अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको आइतबार झापाको बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा परिवारको रुपमा प्रदेश सरकार विस्तार गर्न लागेको बताउँदै,प्रदेश सरकार अहिले बलियो बनेको दावी गर्नु भयो ।

333 1विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

आगामी दुई बर्षे कार्य कालका लागि समाजको अध्यक्षमा मुकुन्द ढुंगाना चयन हुनु भएको छ ।

66666 1

झापाको बिर्तामोडमा शनिवार र आइतबार भएको अधिवेशनले ढुंगानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  

झापा भद्रपुरका ढुंगाना हाल अमेरिकामा बस्दै आउनु भएको छ । 

ढुंगाना अनुभवी र कुशल नेतृत्वकर्ताको रुपमा परिचित हुनुहुन्छ । 

88888

बिर्तामोडमा सम्पन्न महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाट समाजको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको समाजका संरक्षक दिनेशकुमार पोखरेलले जानकारी दिनु भयो । 

समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाँई चयन हुनु भएको छ उहाँ  हाल कतार बस्दै आएका आउनु भएको छ ।

उहाँ सफल व्यवसायीसँगै सामाजिक अभियन्ताका रुपमा परिचित हुनु हुन्छ ।

समाजको उपाध्यक्षमा भूपाल सिटौला अष्ट्रेलिया, चूडामणि कार्की कतार, महिला उपाध्यक्षमा शर्मिला बस्नेत माल्टा चयन भएका छन् । 

666668

त्यस्तै महासचिवमा नगेन्द्रप्रसाद पोखरेल नवीन कतार बस्दै आउनु भएको छ । 

पोखरेल व्यवसायसँगै सामाजिक काममा क्रियाशील रहनु भएको छ । 

समाजको सचिवमा रवीन गिरी साउदी अरब, ओशनिया क्षेत्रीय संयोजकमा उमेश पोखरेल अष्ट्रेलिया, ओशनिया क्षेत्रीय उपसंयोजक, निराजन प्रसाईं अष्ट्रेलिया, मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र थापा साउदी अरब, मध्यपूर्व क्षेत्रीय उपसंयोजक भवानी कोइराला कतार, एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा मेघराज नेपाल जापान, अमेरिका क्षेत्रीय संयोजकमा प्रसन्न संग्रौला चयन  भएका छन् । " समाजको कार्यसमिति सदस्यमा देवीबहादुर कार्की साउदी अरब र उत्तम गुरुङ कतार चयन भएका छन् । २१ जना कार्यसमिति रहको जनाउदै अन्य मुलुक बाट सक्रियताको आधारमा सदस्य छनोट गरिने नव निवार्चित  महासचिव नगेन्द्रप्रसाद पोखरेल नवीनले जानकारी दिनु भयो ।  

कोशी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केदार कार्कीले समाजलाई आवश्यक पर्ने कानुन बनाउन आवश्यक भए त्यस बिषयमा समाजका पादाधिकारीसँग बसेर समन्वय गर्ने बताउनु भयो, उहाँले सबैसंग सहकार्य गरेर प्रदेश सरकार विस्तार गर्नुपर्दा ढिलाई भएको बताउनु भयो । 

2 1

झापाको बिर्तामोड स्थित साइ सिटी प्यालेसमा आयोजित  महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएका नेपाली कांग्रेसका कार्की गठबन्धन र एमालेको चेपुवामा परिरहेको विश्लेषण भइरहेको बेला आएको अभिव्यत्तिले कतै उहाँ दुई पक्षको चेपुवामा त पर्नु भएको छैन भन्ने चर्चा शुरु भएको छ ।

Capture 12

उहाँले  विपदमा परेकालाई चाउचाउ र चिउरा वितरण गर्नु भन्दापनि बिपद नआउने वातारण सिर्जना गर्न कोशी प्रदेश सरकारसँग समन्वय गर्न समेत सुझाव दिएका दिनु भयो । नेतालाई बिदेश लगेर रक्सी खुवाउने र निर्वाचन ताका पैसा पठाउने कार्य नगर्नसमेत मुख्यमन्त्री कार्कीले सुझाव दिनु भयो ।

5 2

समाजका अध्यक्ष दीपकप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दीपक चुडालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव नविन पोखरेलले गर्नु भयो ।   समाजले बिपद ब्यवस्थापन, स्वास्थ्य क्षेत्र, खेलकूद क्षेत्र लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।