नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गर्नुभएको थियो । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका क्रममा उच्च विश्वास र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका बिषयमा गम्भीर रुपमा चर्चा गरेको र नेपालमा त्यसले पारेको असरका बारेमा पनि कुराकानी भएको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन समेत संयुक्त राष्ट्र संघको सहजीकरण आवश्यक रहेको जिकिर गर्नुयो ।

नेपालको आर्थिक विकास र संमृद्धिका सवालमा समेत राष्ट्र संघबाट थप सहयोगका लागि सहजीकरण गर्ने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । त्यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताउनुभयो ।

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन राष्ट्रसङ्घको सदैव साथ र सहयोग रहने उहाले बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पिडितका मुद्धाहरुको सम्बोधन हुने गरि शान्तिप्रक्रियालाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिनुभयो ।