काठमाडौं   नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ । 

जाजरकोटमा गएको भूकम्पको कारण मंसिर २२ गते काठमाडौंमा गर्ने भनिएको जनपरिचालन कार्यक्रम स्थगित गरिएको महासचिव देव गुरुङले जानकारी दिए । 

 जनहितमा जारी

हामीले मंसिर २२ गते तोकेको काठमाडौं केन्द्रित बाग्मती प्रदेश, उपत्यका सम्पर्क समन्वयन प्रदेश र जवससम्बद्ध उपत्यका विशेष प्रदेशले संयुक्त रूपमा काठमाडौंमा गर्ने भनिएको कार्यक्रम तत्काललाई स्थगित गरेका छौं,’ गुरुङले भने, ‘भूकम्पका कारण तीन प्रदेशको संयुक्त कार्यक्रम परिमार्जन गर्दै तत्काल स्थगित भएको हो तर, देशका अरु वडा र पालिकामा तोकिएको कार्यक्रम भने तोकिएको समयमै हुन्छन् ।

’गत शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी १५७ बढीले ज्यान  गुमाएका छन् भने दुई सय बढी घाइते भएका छन् ।

 गणतन्त्र, संघीयताको रक्षा, परिवर्तनको पक्ष र प्रतिगमनको विरोध भन्दै माओवादीले जनप्रदर्शन गर्ने घोषणा गरेको थियो ।सरकारमा भएर घोषणा गरिएको माओवादीको यो प्रदर्शनको विरोध पनि भएको छ ।