झापा । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा विर्तामोड नगरपालिकाले पाँच लाख सहयोग स्वरुप पठाउने भएको छ ।

 कार्यपालिका बैठकले सो निर्णय गरेको हो । जिल्लामै पहिलोपटक सहयोग स्वरुप भूकम्प प्रभावित क्षेत्रमा रकम पठाउन निर्णय गर्ने विर्तामोड पहिलो पालिका हो ।

पालिकाको विपद व्यवस्थापन कोषबाट रु पाँच लाख पठाउने निर्णय गरिएको पालिका प्रमुख पवित्रा महतराले बताईन ।


उनले भूकम्पका कारण सर्वस्व गुमाउन पुगेका पीडितहरुलाई राहत पुग्ने उद्देश्यले पठाउन लागेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइन् ।