प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको टोलीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको राहत, पुनर्निर्माणलगायत विषयमा विगतका राम्रा अनुभवको अनुसरण गरिने बताए।
भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा आवश्यक सामग्री भण्डारण व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने जस्ता विषयमा छलफल भइरहेको पनि बताए।














