पोखरा । नेपाल चीन सीमामा पर्ने कोरला नाका कात्तिक २७ गतेदेखि खुला हुने भएको छ ।
चिनियाँ पक्षले २७ गते विशेष कार्यक्रम मार्फत उद्घाटन हुने बताइएको छ ।
चीन सरकारले उद्घाटनको लागि नेपाली पक्षलाई आमन्त्रण गरेको छ । `यो खुसीको खवर हो । चीन पक्षले मुस्ताङको दुई पालिकालाई खवर आएको छ,´ लो घेकर दामोदर कुण्डका अध्यक्ष राजु विष्टले भने ।














