काठमाडौँ ।  एमाले निकट राष्ट्रिय युवासंघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन (मंसिर ७ गते) राजधानीमा गर्ने भनिएको प्रदर्शनीलाई संशयपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय यी दुवै पक्षको सम्बन्ध तिक्ततापूर्ण देखिएकाले एकै दिन आमनेसामने हुँदा परिस्थिति के हुने भन्ने चिन्ता सर्वत्र देखिन्छ ।

 भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकता बढेकाले आफूहरूले ७ गते शान्तिपूर्ण ढंगले विरोधसभा गर्न लागेको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताएका छन् ।

‘यो जनप्रदर्शन वा सडक संघर्ष केही होइन । विरोधसभा मात्र हो,’ अध्यक्ष थेबेले भने, ‘हामीविरुद्ध कुनै माफियाहरू जाइलाग्न आए, त्यसको प्रतिवाद गर्छौं । कसैले चाहँदैमा युवा संघलाई झुकाउन सक्दैन ।’