भरत भाबुक प्रसाई  ।   झापाको बिर्तामोड १ स्थित इकम कलेजको प्राङगणमा स्थापना गरिएको पृथ्वीनारायण शाहको  प्रतिमा पूर्व राजा ज्ञोनेन्द्र शाहद्वारा उद्धाटन गरिने भएको छ । 

 आज इकम कलेजको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइयो ।

download (1) 6विद्यार्थीले राष्ट्रिय एकतामा योगदान पु¥याउने ब्यक्तिलाई कालजयती स्मरण गरून भन्ने उदेश्यले पृथ्वीनारायण शाहको  प्रतिमा स्थापना गरिएको इकम कलेजका संस्थापक  आलोक कार्कीले जानकारी दिनु भयो ।

उहाँले शिक्षाको मन्दिरमा सरस्वतीको मुर्ति हुने गरेको बताउदै यो मुलुकलाई नेपाल बनाउन अतुलनिय योगदान प्रदान गर्ने राष्ट्र निर्माताको सम्मान हेतु प्रतिमा राखिएको बताउनु भयो ।

उहाँले कार्यक्रमलाई राजनैतिक रङ नदिइकन सम्पूर्ण झापाली जनता, राजनितिक दलका प्रतिनिधिले संयुत्तरुपमा सम्मान सभा कार्यक्रममा उपस्थिति जनाइदिन आग्रह समेत गर्नु भएको छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै कार्कीले बाहिर चलेको हल्ला जस्तो अन्य पार्टीको सहयोगमा  पूर्व राजालाई ल्याउन लागिएको कुरामा सत्यता नरहेको बताउनु भयो ।

उहाँले यो कुने राजनैनिक कार्यक्रम नरहेको बताउदै  इकम कलेजको प्राङगण भन्दा बाहिर हुने गतिविधिसंग आफ्नो जवाफदेहिता नहुने बताउनु भयो ।

प्रत्यक्षरुपमा पूर्व राजाको सचिवालयसंग समय ब्यवस्थापन पछि कार्यक्रम राखिएको कार्कीको भनाइ छ ।

उहाँले मंसिर ९ गते पूर्व राजा ज्ञानेन्द्र शाह दिउसो १ बजे मेचि क्राउनबाट सिधै उद्धाटनका लागि इकम कलेज आउने र  अनावरण पछि फर्किहाल्ने कार्यक्रम रहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयाे ।