काठमाडौँ ।   बिहीबार दुर्गा प्रसाईं र युवा संघले गर्न लागेको काठमाडौँ केन्द्रित प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका भित्रिने नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

काठमाडौँ प्रवेश गर्ने थानकोट र साँगा नाकामा सुरक्षा निकायको दुई तह- नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नाकाहरूमा विशेष सुरक्षा सतर्कता बढाइएको हो । 

ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ चेकिङ भइरहेको छ । यात्रुवाहक निजी तथा सार्वजनिक तथा मालवाहक सवारीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी राखिएको छ