भद्रपुर ।   शनिबार बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्।

Gyanendra-Shah-8-1536x864

उनी भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरुले उनको स्वागत गरेका थिए।

बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण शनिबार पूर्वराजा शाहले गर्ने कार्यक्रम छ।

Gyanendra-Shah-1-1536x864

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्।

पूर्वराजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ। शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सहभागी हुनेछन्।

Gyanendra-Shah-3-1536x864पूर्वराजा शाहसहितको र्‍यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ।

स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्ने समेत कार्यक्रम छ ।

कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन्।