बिर्तामोड । भरत भाबुक प्रसाई, संवाद समूहको आयोजनामा झापाको बिर्तामोडमा वर्तामान राजनिति र नेकपा माओवादी विप्लव समूहको धारणा बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

संवाद समूहले विगत केही समय देखि विभिन्न राजनितिक दलका प्रतिनिधी तथा नागरिक समुदायसंग खुल्ला बहस तथा छलफल चलाई रहेको छ । 

33333 2नेपाली राजनितिको निकास के हुन सक्छ र विभिन्न दलको धारणा के रहेको छ भन्ने बिषयमा छलफललाई केन्द्रित  गरिदै आएको संवाद समूहका सचिव अर्जुन राजवंशीले बताउनु भयो ।

  खुल्ला अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी विप्लव समूहका स्थायी   समिति सदस्य अनिल विरोही सीले मुलुकको स्वाधिनतालाई बाह्रय हस्तक्षेपले कमजोर पारेको निर्कष  पार्टीको रहेको बताउनु  भयो ।

उहाँले पत्रकारको एक जिज्ञासाको उत्तर दिदै भोली यही अवस्था रहेमा हिन्दु राज्य पुन र्फकन सक्ने बताउनु भयो ।

555555 जनताको समाजवादी धार बोकेको लोतन्त्रको पक्षमा पार्टी रहेको उहाँकाे भनाइ छ ।

उहाँले एक फरक प्रसंगमा मुलुकलाई जोगाउन पृथ्वी नारायण शाह जस्ता देशलाई माया गर्ने राष्ट्रवादीहरुसंग सहकार्य गर्दै नेपाली स्वाभिमानका निम्ति कार्यगत एकतामा जोड दिनु भयो । 

अन्तरक्रियाका क्रममा प्रेस युनीयन झापाका अध्यक्ष गिरीराजमणि भट्राईले हिजो  तिनै राजाहरुको मुर्ति ताड्ने राजालाई तानाशाह भन्ने माओवादीहरु पृथ्वी नारायण शाह जस्तै देशलाई माया गर्ने राष्ट्रवादीहरुसंग सहकार्यमा  हुन्छ भन्नु कतिको तर्कसंगत होला भनी प्रश्न गर्नु भएको थियो ।

66666त्यस्तै पत्रकार महांसघ झापाका अध्यक्ष एकराज गिरीले माओवादी पुजीवादी राज्य सत्ताको विरोध गर्दै आए पनि भारत र अमेरिकाकाे विरुद्वमा सधै बाेल्ने तर चाइनाका विरुद्वमा किन फरक धारणा बनाएको भनी प्रश्न  राख्नु भएको थियो । 

मुलत कम्युनिष्ट धारलाई कमजोर पार्ने एक अर्कामा जुदाउने  र आफु अनुकुलको स्वार्थ पूर्तिगर्ने रणनितिका साथ अमेरिका बढेकाले राजनितिक घटनाक्रम जुनै बेलापनि परिर्वतन हुन सक्ने मेची इन्चार्ज सीको भनाइ छ ।

कार्यक्रमको  सहजीकरण पत्रकार महांसघ झापाका अध्यक्ष  एकराज गिरी, एवं  पत्रकार राजवंशीले संयुक्त रुपमा  गर्नुभएको थियो ।