झापाको बिर्तामोडमा उपभोक्ताको चाहना लाई मध्यनजर गर्दै विभिन्न फरक परिकार पाउने दाबी गर्दै कयौ होटल एण्ड रेष्टुरेन्ट खुलेका छन् ।
त्यस्तै बिर्तामोड ५ शनिश्चरे रोड पश्चिम मा आज बाट औपचारीक रुपमा हाम्रो मण्डला रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
रेष्टुरेन्टको युवा जनप्रतितिधी बिर्तामोड वडा नम्वर ५ का वडा अध्यक्ष रोहित प्रसाई र प्रोप्रोराइटर यमुना राईले संयुक्त रुपमा रिबन काटेर उद्धाटन गर्नु भयो ।

मानिसहरु भोक मेटाउनुको साथै शान्त परिवेशमा समय ब्यति गर्न चाहने भएकाले आम आगन्तुकको मनोभावना बुझि परिकार निर्माण गरिएको अर्का प्रोप्रोराइटर दिपेन याक्युङवाले जानकारी दिनु भयो ।
रेष्टुरेन्टले उद्घाटनको अवरमा १० प्रतिशत छुट प्रदान गरेको छ ।
करिव १५ लाखको लगानिमा निर्माण गरिएको होटल एण्ड रेष्टुरेन्टले चिकन पेपर स्टिक,फिस पेपर स्टिकका पारखीहरुलाई पूर्ण आन्नद दिने प्रोप्रोराइटर राई बताउनु हुन्छ ।
रेष्टुरेन्टले सोमबार बुबा अर्थात जेष्ट नागरिक साझ मनाउने भएको छ । रेष्टुरेन्टले उहाँहरुका लागि हेपी मोन्डे स्पेशल विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको शेखर राईले बताउनु भयो ।














