बिर्तामोड । भरत भाबुक प्रसाई, महिला एंव बालबालिकोे हक हितका लागी आवाज उठाउदै आएको मेचीमाहाकाली बुहारी संयुक्त आवाजले केन्द्रिय कानुनी सल्लाहकारका रुपमा अधिवक्ता भद्र प्रसाद नेपाल (स्वागत नेपाल)लाई नियुक्त गरेको छ ।
पछिल्लो समय देखा परेका समस्याहरुमा कानुनले निर्दिष्ट गरेका निर्देशन सम्बिन्ध पूर्ण ज्ञान नहुँदा पिडितले न्याय पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रिय कार्यसमितिको बैठकले स्वागत नेपाललाई सल्लाहकारका रुपमा नियुक्त गरेको मेचीमाहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले बताउनु भयो ।
संस्थाले महिला तथा बालबालिका हिंसाका विरुद्व बेला बेला सचेतना कार्यक्रम, विपन्नका लागि समय अनुकुल सहयोग गर्दै आएको छ ।














