राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानले झापा जिल्ला तर्दथ समिति गठन गरेको छ ।

1111महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा भेलाले ५१ सदस्यीय झापा जिल्ला समिति गठन गरेको हो ।

भेलाले हाल ३६ सदस्यीय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानको झापा जिल्ला समिति गठन गरेको छ भने अन्य सदस्य मनोनित गर्दै लगीने बताइएको छ । महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीले संगठन विस्तारमा लाग्न आग्रह गर्नु भयो ।

durgaउहाँले केन्द्रले  कार्यपत्र सहित अभियानको भावी योजनाका सन्र्दभमा छलफल गर्न काठमाण्डौमा  बैठक बोलाइएको बताउनु भयो ।

व्यवसायिहरू व्यवसायबाट बिमुख हुने अवस्थामा पुगिसकेकाले अब  सबै जना भएर राज्यको गलत नितीका विरुद्व शान्ति पूर्ण आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले कुनै पनि समुदाय आफैमा खराब नहुने बताउदै, त्यहाँ भित्रका केही पात्रहरु मात्र खराव हुने भएकाले समुदाय माथी नै जाई लाग्नु बाञ्छनिय नहुने बताउनु भयो ।

4556666उहाँले प्रसाईले उठाएका धेरै कुराहरु ब्यवसायीको हितमा रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका केन्द्रिय संयोजक तथा मेडिकल ब्यवसायी प्रसाईले आफुले बैंक र बित्तिय संस्थाबाट पिडीत बनेकाहरूको मुद्दा उठाएकाले महाअभियान सफल हुने  दाबी गर्नु भयो । 

123 3 पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन् गर्दै  उँहाले अब झापाको भुमिबाट आट भएका नेतृत्व गर्न नडराउने नेताको जन्म हुनेमा आफु आशावादी रहेको बताउनु भयो । 

महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईले अब अन्तिम लडाई लड्नका लागि सबै लाई आहवान गर्नुभयो ।

4444444कार्यक्रममा  झापा जिल्ला भित्रका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान संग आबद्व १५ पालिकाका भित्रका नगर, वडा र टोल    कार्यसमिति सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।