काठमाडौ । नेकपा एमाले का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।

 

नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उहाँले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।

 

हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गर्नुभयो ।

उहाँले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताउनु भयो ।