काठमाडौँ । नेपाली कांग्रेसले सिफारिस राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । लामो समयदेखि चलचित्र कर्मममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् ।

राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ ।