प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता–कार्यकर्ता रिहा भएका छन्।

‘धोती दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएकाका बेला पक्राउ परेका जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत नेता कार्यकर्ता दिउँसो २ बजे रिहा भएको पार्टीका सचिव बिपी साहले जानकारी दिए।

‘धोती’लाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने माग राख्दै जनमतले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो।


 जनहितमा जारी

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवीसहित नेता कार्यकर्ता पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो। ‘धोती दिवस’ मनाउन पाउनुपर्ने माग राख्दै मन्त्री अनिता देवीले पुलिस क्लबमा अनसनसमेत सुरू गरेकी थिइन्।