भरत भाबुक प्रसाई । बिहानको कठ्याङग्रीदो जाडोमा हामी मनकामना कलेजको प्राङगणमा भेला हुने क्रम थियो ।
कोही कति खेर निस्कने भनि कौतुहला देखाईरहेका थिए भने कोही आफ्नै शुरमा आफ्नो पहिरनको तारिफ गर्दै थिए ।
त्यतिकैमा मनकामना कलेजका सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाई टुप्लुक्क आइपुग्नु भयो । खै त विद्यार्थी बेलामा हिड्नु पर्छ आज भोली त ५ बजे नै अध्यारो पर्छ ।
म सबै लाई फोन मिलाउन थाले । एकै छिनमा सबैजना भेला भए , हामी निस्कि सकेका थियौ विएस डब्लुको भाइ रोनित आउन बाँकी रहेको र निस्कन केही समय लाग्ने बताएपछि मेहेन्द्र राजमार्गमा पर्खिन तिर लाग्याै ।
बिहान ७ बजे जाने भनिएको हाम्रो यात्रा करीव ९ बजे मात्र बिर्तामोडबाट शुरू भयो ।
हाम्रो नेपाली शिक्षक मित्रजङ कार्की माइधार बाट चड्नु भयो ।
बसमा हिन्दी तथा नेपाली गित बजिरहेको थियो । बेला बेला विपेशको नित्यले गाडीमा सवार हामीलाई निकै रमाइलो हुदै थियो । सबै जना गितमा रमाउदै आफ्नो गन्तब्य तर्फ लाग्यौ ।
हामी इटहरीमा नास्ता खाई मोफसलको ऐतिहासिक महत्व बोकेको बराह क्षेत्र लाग्यौ, हाम्रो उदेश्य भनेको स्थानको भ्रमणको प्रतिवेदन बनाउदै बोटिङको अनुभब बटुल्नु रहेको थियो ।
हामी बोटिङबाट कोशीको संगम स्थल त्रिवेणी को मूल धाट पुग्ने अनि बराह क्षेत्रको भ्रमण गरी धार्मिक महिमाको हरेक पाटो केलाउने उदेश्यले यात्रा आरम्भ गर्दै अगाडी बढेकाे थियौ ।
करीव १२ वजे हामी २ सय ६१ किलोमिटर लामो कोशी पूल पुग्यौ त्यहाँबाट बोटिङको माध्यमबाट बराहक्षेत्र पुग्ने हाम्रो योजना रहेको थियो । हामी ३१ जना वि ए र वि एस डब्लुका विद्यार्थीहरुको साथमा राजेन्द्र सर र मित्र सरको उपस्थितीले निकै रमाइलो भएको थियो ।
प्राचिन हरिद्वार बराहक्षेत्र चतारा धाम जुन आम जनमानसमा धार्मिक स्थलको रूपमा परिचित छ ।
यसै बराहक्षेत्र चतारा धामलाइ नै पृथ्विको पहिलो धराधाम पनि भनिएको शास्त्रर्थ प्रमाण पाइन्छ ।
यस धर्तिमै प्रथम पटक भगवानले बराहक्षेत्र चतारा धाममा विश्वका हिन्दु धर्मावलम्बीहरुको चार क्षेत्र हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र बराहक्षेत्र छन्, ती मध्ये मुक्ति क्षेत्र र बराहक्षेत्र नेपालमा पर्छ ।
यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले यस ठाउँलाइ पवित्र र महत्वपुर्ण तीर्थस्थल मानिन्छ ।
‘बराह क्षेत्रको महिमा र महत्व असाध्यै ठुलो छ ।
प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार हिरन्याक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातलमा डुवाई मानव सृष्टी रोकेपछि भगवान् विष्णुले बराह अर्थात बँदेलको अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ ।
त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो र हिरन्याक्ष राक्षसको बध गरेर यस क्षेत्रमा आई भगवान विष्णु बस्नु भएकाले बराह क्षेत्र नाम रहन गएको धार्मिक बिश्वास रहेको छ ।
हामीले बराह क्षेत्र भ्रमण गर्दा यो चै महसुज गर्यो कि धर्म, प्रकृती र आनन्द एक आपसमा परिपुरक हुदाँ रहेछन् । हामी गाडीबाट पनि जान सक्थ्यौ तर हामी लाई बिशाल सप्कोशी बाट बोटिङ गर्दै जानु थियो ।
भोजपुरको सिमाना हुदै आउने अरुण नदी, र अन्य तम्मर नदी, दुत कोशी, तामा कोशी, भेटे कोशी लगायत ७ वटा विशाल नदीहरु मिसिएर बग्ने सप्तकोशीको उद्गम स्थल पनि पुग्यौ निकै अविस्मरणीय र रोमाञ्चक बनेको थियो त्यो यात्रा, तिनवटा घाट मिसिएको त्रिवेणी पुगेर हामी पुन बराह क्षेत्र तर्फ फर्कियौ ।
बराह क्षेत्रको दर्शनले मन स्थिर र शान्त बनेको थियो । सबै जना आफ्नै सुरमा थिए , कोही फाेटाे खिच्दै थिए त कोही त्यस मन्दिर ब्यवस्थापन समितिका सदस्यहरुसंग मन्दिरको महिमा र महत्वका बारेमा सोधिरहेका थिए ।
उता हाम्रो मित्र सरको छोरा हराएर सर चै आफ्नो सन्तानको खोजीमा यता उती भाग्दै हुनुहुन्थ्यो । हामी सबैजना भएर सानो बाबुको खोजीमा लाग्यौ,सरको छोरा भेटिसकेपछी, हामी एक छिन बराह क्षेत्र नजिकै रहेको झलुङगे पुल, अग्ला पहाडमा सम्झनाका लागि केही तस्विर लिएर खाना खाई आफ्नो गन्तब्य लाग्यौ । एक त खाना ढिलो खाएकाले र थकान भएकाले धेरै जना बाटो मै निदाए, केही साथीहरु भने गाडी मै नाच्दै मनोरञ्जन गरिरहेका थिए ।
बाटो इटहरीमा राजेन्द्र सरले सुन्तोला किन भनेर ५०० रुपैया दिनु भयो सबै लाई पुग्ने गरि एक झाला सुन्तोला किनेर हामी बिर्तामोड कलेज तर्फ लाग्यौ ।
त्रि.वि परिक्षा नियन्त्रण कार्यलय अन्र्तगत बि ए दोश्रो बर्ष नेपाली बिषयको प्रयोगात्मक परक्षा १० अकंको कार्यपुर्तिका लागि आदरणीय गुरु मित्रजङ कार्की र सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईको नेतृत्वका भएको नियात्रा संरकरण पक्कै तपाईका लागि फलदायी हुने उपेक्षाले मोफसल अन्लाइनबाट प्रकाशित गरिएको हो ।














