काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।

नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने छिन् ।

सुनले व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।