अजुर्नधारा । झापाको अर्जुनधारामा आजदेखि सुरु दोस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा २ नम्बर वडाको टिमले विजयी सुरुवात गरेको छ ।

अर्जुनधारा-७ को खेलमैदानमा भएको उद्घाटन खेलमा अर्जुनधारा-५ को वडा टिमलाई २-० गोलले पराजित गर्दै २ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको हो ।

ee6ab663-6c23-4bb4-8a94-83f846f69501-e1706882573519२ नम्बरका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २२औँ मिनेटमा पविन्द्र सेन्च्युरीले गोल गर्दै २ नम्बर वडालाई अग्रता दिलाएका थिए ।

यस्तै, मिराक लिम्बूले २७औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । २ नम्बर वडाका पविन्द्र सेन्च्युरी खेलको म्यान अफ दी म्याच बने ।

उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, फुटबलप्रेमी सुरेन धिमाल र आयोजक क्लब शनिश्चरे एफसीका सचिव हरि गुरुङले नगद प्रदान गरे ।

शनिश्चरे एफसीले आयोजना गरेको प्रतियोगितामा नगरका ११ वटा वडाको सहभागिता रहेको छ ।

भोलि (शनिबार) वडा नम्बर १ र ३ तथा ६ र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ ।

युवालाई लागुऔषधदेखि टाढै राख्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजार र ट्रफी पाउने छ ।