काठमाण्डाै । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशनमा दुई पक्षका नेताहरुबीच विवाद भएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको छ ।


पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाण्डौ बोलाएर सङ्गठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन गर्न निर्देशन दिनुभएको छ । ओलीको निर्देशनपछि जिल्ला अधिवेशनको बन्दसत्र मङ्गलवारदेखि शुरु हुने भएको छ ।


 बिहान ८ बजदेखि बन्दसत्र शुरु हुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो । 

धादिङ एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बाग्मती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी आकाङ्क्षी छन् ।