विर्तामोड ।देव बाँस्कोटा, आगामी फागुन १४ गते सम्पन्न हुने बिर्तामोड उद्योग बाणिज्य संघको चुनाव लागि स्वतन्त्र व्यावसायिक प्यनालले एक कार्यक्रमकाबीच सम्पर्क कार्यालय उद्घाटन गरेको छ । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले रिवन काटेर  कार्यालयको उद्घाटन गर्नु भएको हो । 

बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको स्वतन्त्र व्यावसायिक प्यानलमा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको निर्वाचन व्यवस्थापन समितिका संयोजक एकराज कार्कीले जानकारी दिनु भयो ।

1 1कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्याशी अर्जुनकुमार मैनालीले व्यवसायीहरुको हक हितका लागि आफूले उम्मेद्वारी दिएको बताउनु भयो । 

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्व व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दिने नाम टुङ्गो लागेको निर्वाचन परिचालन समितिका संयोजक कार्कीले जानकारी दिनु भयो ।

अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुनुहुन्छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उद्योग धन्दा ३५ प्रतिशत मात्रै सञ्चालन भइरहेको बेलामा   व्यवसायलाई चलायमान बनाउन असल नेतृत्व छनोट गर्नु पर्नेमा जोड दिनु भयो ।

डालमीयाले महासचिब जस्तो जिम्मेवारी सम्हाली सक्नुभएका मैनालीलाई अध्यक्षका रुपमा विजय गराउन व्यवसायीहरुलाई आग्रह गर्नु भयो । 

फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केही व्यवसायीको नाम पनि चर्चामा छ ।

युवराज निरौला, लक्ष्मीप्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।

स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु सदस्यता नविकरण तथा मतदातासंगको भेटघाटमा व्यस्त रहेका छन् ।

बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भइरहेको अध्यक्षका प्रत्याशी मैनालीले जानकारी दिनुभयो । 

कार्यक्रममा संविधानसभा सदस्य एवं एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सहसंयोजक कुवेर श्रेष्ठ  लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले  गर्नु भएको थियो ।