बिर्तामोड । भरत भाबुक प्रसाई ,आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहले एक कार्यक्रमका बिच  आफ्ना उम्मेदवारको घोषणा गरेको छ । 

नेपाली कांग्रेस जिल्ला सभापती देउमान थेवेले पानसमा दियो बालेर घोषणा सभाको उद्घाटन गर्नु भएको हो । 

लोकतान्त्रिक व्यवसायी समूहको तर्फबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने अध्यक्ष, त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे , वाणिज्य उपाध्यक्षमा जीवन खड्का , उद्योग उपाध्यक्ष विशाल थापा , महासचिव कुशल खतिवडा , महिला उपाध्यक्ष राधिका चुडाल हुमागाँई ,वाणिज्य सचिव पुकार बराल , उद्योग सचिव राजकुमार शाह, कोषाध्यक्ष दीपक मित्तल र सहकोषाध्यक्षका  तिलोतमा खत्रीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ ।

123 2त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , विपिन बजगाँई , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्ली कोइराला र योगेश भट्टराईले उम्मेदवारी दिने टुंगो लागेको छ । त्यस्तै महिला सदस्यमा सुशिला कार्की बस्नेत र निशा शाह उठ्ने प्रचार प्रसार समितिका संयोजक बलराम कार्कीले जानकारी दिनु भयो ।

कार्कीले व्यवसायीहरुको बाक्लो उपस्थितीले नै लोकतान्त्रिक व्यवसायी समूहको जीत सुनिश्चत गरिदिएको बताउनु भयो ।

1111111त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो ,विपिन बजगाँई ,अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक ,डिल्ली कोइराला र योगेश भटट्राईले उम्मेदवारी दिने टुंगो लागेको छ ।

त्यस्तै महिला सदस्यमा सुशिला कार्की बस्नेत र निशा शाह उठ्ने भएको बुझिएको छ ।

कार्यक्रममा बिताृमोड नगर कमिटी अध्यक्ष भोजराज सिटौला, नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाई, बिर्तामोड मारवाडी सेवा समितीका अध्यक्ष मोहन मित्तल, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला लगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका  प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहको थियो ।

कार्यत्रमको सञ्चालन  बिर्तामोड उद्योग बाणिज्य संघका सचिव कुशल खतिवडाले गर्नु भएको थियो ।