समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भयो ।

उहाँले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताउनुभयो । उहाँले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताउनु भयो ।


महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा–एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको थियो ।

बैठकमा कार्यक्रमका योजनाहरु बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताउनु भयो ।