बिर्तामोड, १२ फागुन भरत भाबुक प्रसाई,   पूर्वकै प्रमुख व्यापारी केन्द्र  बिर्तामोड यती बेला  चुनावमय भएको छ । नयाँ कार्यसमिति चयनका लागि आगामी १४ गते  बिर्तामोड उद्योग बाणिज्य संघको चुनाव हुँदैछ ।

 निर्वाचन मौनअवधी लाग्न केही समय मात्र रहदा स्वतन्त्र व्यवसायिक प्यानलको तर्फबाट महासचिव पदका उम्मेद्ववार कृष्ण पौडेलले  झापाली पत्रकारहरु संग  संछिप्त कुराकानी गर्दै मतदाताहरुकाे उल्लेखीय साथ पाउनेमा आफु ढुक्क रहेको बताए ।

बिर्तामोडको व्यवसायीहरुले व्यत्तिलाई भन्दा भिजनलाई मत हाल्नेमा आफु आशावादी रहेको उनी बताउछन् । 

पत्रकाहरुको प्रश्नको जवाफ दिदै आफ्नो  जित सुनिश्चत हुने दावी  गरे ।  बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६ सय ६१ मतदाता रहेका छन्  ।

यसबाहेक १२ जना पूर्वअध्यक्षहरु समेत मतदाता रहने व्यवस्था रहेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–३ मा पिता बिष्णुबहादुर र माता पूर्णमाया पौडेलका पुत्ररत्न उनी २०३३ पुस २ गते जन्मिएका हुन् । 

२०५० सालदेखि भद्रपुरमा शिवशक्ति फर्माबाट मेडिकल व्यववसायमा पाइला टेकेका उनी बिर्तामोड क्षेत्रमा २०५२ सालमा कबिर फार्मेसी, २०६५ सालमा श्रीअन्तु फर्मा सेल्स औषधिको थोक पसल सञ्चालन गरिरहेका छन् ।

मेडिकल ब्यवसायी पौडेल सहकारीकर्मी पनि हुन् । उनी धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । १६ वर्ष अध्यक्षको भूमिका रहेका उनी हाल सो सहकारीका कार्यकारी प्रमुखका रुपमा हुन् ।

उनी व्यवसायी मात्र नभएर विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थामा समेत आबद्ध छन् ।

उनी तारा नमस्ते बालग्रामका संस्थापक सदस्य, लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, निर्माणाधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रबन्धक निर्देशक साथै अन्य थुप्रै सामाजिक तथा धार्मिक संघसंस्थामा समेत नृतृत्वदायी भूमिकामा छन् । 

 उनले  सञ्चार माध्यमबाट व्यवसायीको हितमा काम गर्ने सोच भएकाले आफूसँगै स्वतन्त्र व्यावसायिक प्यानलका सबै उम्मेद्वारलाई मतदान गरी विजयी गराउन आममदातालाई आग्रह गरेका छन् ।