डाेटी   भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका छन् ।

सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका हुन् ।

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ जना विदेशी र आठ सय ६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशी र एक हजार छ सय ८५ जना नेपाली र आर्थिक वर्षा २०७८/७९ मा १९ जना विदेशी, तीन जना सार्क राष्ट्रका र दुई हजार एक सय ८७ जना नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।