झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् ।

हिजो साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ की देवीमाया बि.क. र नबिन बि.क.की छोरी बर्ष ६ की निशा बि.क.लाई ठक्कर दिएको थियो ।

घाईतहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा देवीमायाको साँझ ७.३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको अवस्था मध्यम रहेको जनाइएको छ ।

मोटरसाइकल ईलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको र चालक तत्काल फेला नपरेको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।