उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार राति सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि शीतल निवासमा उनले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिएका थिए ।

यसअघि उनी गृहमन्त्री रहेपनि नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा परराष्ट्रमा सरुवा भएका हुन् ।