प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । 

बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो ।

२६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रश्तावको विपक्षमा ११० मत र दिन्न भन्ने पक्षमा एक मत रहेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रश्तावको पक्षमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरु थिए ।