काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।

सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले ​जनाएको छ । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ।

 जनहितमा जारी

आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्। 

उनी शुक्रबार अपराह्न काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेका थिए।